नियम ३४
सम्झौता गर्नु पर्ने
: (१) सदस्य संस्थाले आफूले प्रदान गरेको कर्जा सुरक्षण गर्नको लागि कोषसँग अनुसूची-१० बमोजिमको ढाँचामा सम्झौता गर्नु पर्नेछ ।

(२) प्रचलित कानून बमोजिम सदस्य संस्थाहरु एक आपसमा गाभिएमा वा एकले अर्कोलाई प्राप्ति गरेमा त्यसरी गाभिए वा प्राप्ति पछि कायम भएको संस्थाको नाम परिवर्तन भएमा सो संस्थाले कोषसँग उपनियम ( १) बमोजिम सम्झौता गर्नु पर्नेछ ।

(३) प्रचलित कानून बमोजिम सदस्य संस्थाहरु एकआपसमा गाभ्ने, गाभिने वा एकले अर्कोलाई प्राप्ति गरेमा त्यसरी गाभिए वा प्राप्ति पछि कायम भएको नयाँ संस्थाले उपनियम (२) बमोजिम सम्झौता गरेपछि त्यस्तो संस्थाले प्रवाह गर्ने कर्जा यस नियमावली बमोजिम कोषमा स्वतः सुरक्षण भएको मानिनेछ। "

“(३क) कोषको सदस्य नरहेको कुनै बैङ्क वा वित्तीय संस्था कोषको कुनै सदस्य संस्थासँग गाभिएमा वा एकले अर्कोलाई प्राप्ति गरेमा त्यसरी गाभिए वा प्राप्ति पछि कायम हुने. संस्थाले यस नियमावली बमोजिम कोषसँग सम्झौता: गरी सुरक्षण गर्नु पर्नेछ। "

(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल राष्ट्र बैंकद्वारा समस्याग्रस्त घोषणा गरिएको वा सो बैंकले तोकेको पूँजी कोष कायम नगरेको बैंक तथा वित्तीय संस्थासँग कोषले यस नियमावली बमोजिम कर्जा सुरक्षण सम्झौता गर्ने छैन ।

(५) एक सदस्य संस्थाले आफूले प्रदान गरेको कर्जा आंशिक वा पूर्ण रुपमा अर्को सदस्य संस्थालाई बिक्री वा हस्तान्तरण गरेमा त्यस्तो कर्जा यस नियमावली बमोजिम कोषमा स्वतः सुरक्षण भएको -मानिनेछ।

(६) सदस्य संस्थाले आफूले प्रदान गरेको कर्जा आंशिक वा पूर्ण रुपमा कोषको सदस्य नरहेको बैङ्क वा वित्तीय संस्थालाई बिक्री वा हस्तान्तरण गरेमा त्यस्तो कर्जा खरिद वा हस्तान्तरण गरी लिने संस्थाले यस नियमावली बमोजिम कोषसँग सम्झौता गरी सुरक्षण गर्न सक्नेछ।